सुनचाँदीका गहनासहित एकजना पक्राउ


मकवानपुर । प्रहरीले सुन र चाँदीका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पथलैयाबाट हेटौंडातर्फ आउदै गरेको प्रदेश २-०३-०२० प ८२४५ नम्बरको मोटरसाइकल चेक गर्ने क्रममा भारतको बिहार जिल्ला सितामडी थाना परिहार पोष्ट अन्धौली-३ का २२ वर्षीय सोलार साह भन्ने राजा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी जयश्वर रिमालले बताए ।


प्रहरी प्रवक्ता रिमालका अनुसार उनको साथबाट चोरी पैठारी गरी ल्याएको २४.०६२ ग्राम सुन र दुई किलो १८ ग्राम चाँदी बरामद गरिएको छ ।

अहिलेको बजार मूल्यअनुसार बरामद सुनचाँदी चार लाख ४० हजार ८६२ रुपैयाँ बराबरको छ । यस सम्बन्धमा थप अनुसन्धानका लागि बरामद सामग्रीसहित साहलाई राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..