सत्ता खोज्नेलाई भन्दा सिद्धान्त रोज्नेसाथ दिन कार्यकतासँग नेता जोशीको आग्रह

आँबुखैरेनी । नेपाली काँग्रेस नेता गोविन्दराज जोशीले सत्ता खोज्नेलाई भन्दा सिद्धान्त रोज्नेलाई साथ दिन जनतासँग आग्रह गर्नु भएको छ ।

तेस्रो चरणको गृहजिल्ला भ्रमणमा रहनु भएका पूर्व गृहमन्त्री समेत रहनु भएका जोशीले विपी विचार समाज आँबुखैरेनी गाउँपालिकाको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै बताउनु भएको हो । वीपी कोईरालाले नेपाली कांग्रेसको स्थापना गर्दा विचार र सिद्धान्तलाई प्राथमिकता दिनुभयो र वीपीको विचार र सिद्धान्त मुटु हो भने नेपाली काँग्रेस पार्टी हात खुट्टा भएको बताउनुभयो ।

मुटु नचले हात खुट्टा नचल्ले उहाँको भनाई थियो । ‘त्यसैले यदी म र मेरो समुह वीपीको विचारलाई लिएर चुनावमा जाँदै छ भने तपाई कार्यकर्ताहरुले बीपीको विचार रोज्ने कि नेपाली काँग्रेस रोज्ने यो कुरा निर्णय गर्नु पर्ने समय आएको छ’ नेता जोशीले भन्नुभयो ।

म र मेरो समुह वीपी विचार र सिद्धान्त लिएर चुनावी मैदानमा जाने अठोट गरेको छ भने नेपाली कांग्रेस पार्टीका नेताहरु सत्तालाई प्राथमिकता दिएर चुनावी मैदानमा जाँदै गरेको उहाँको भनाई थियो । ‘त्यसैले यो चुनौती पूर्ण घडीमा सत्तालाई प्राथमिकता दिने नेतालाई हैन कि वीपी विचार, आर्दश र सिद्धान्तलाई अबलम्बन गर्ने नेतालाई साथ दिनु पर्दछ’ नेता जोशीले भन्नुभयो ।

साथै जोशीले वीपीका विचार र सिद्धान्त बोकेका म र मेरा साथीहरुलाई विजयी कार्यकर्ताहरुलाई अनुरोध गर्नु भएको थियो । वीपीका दुईटा छोराहरु एउटा विचार र अर्को सत्ता भएको उल्लेख गर्दै एउटा छोरा सत्तावाला कांग्रेस निरर्थक भएकोले । विचारको कांग्रेसले विपीको सिद्धान्त बचाउनु परेको बताउनुभयो ।

वीपीको आर्दश र सिद्धान्तमा नहिंढी सत्ताराजनीतिमा चुलुम्ब डुबेको कांग्रेस अहिले बाटो पहिल्याउन नसकेको कुहिरोको काग जस्तै बनेको नेता जोशीको भनाई थियो । दुई तिहाई बहुमत ल्याएको कांग्रेस अहिले चुनावको लागि कुनपाटीसँग गठजोड गर्ने भनेर अन्यौलको अवस्थामा आउनु कांग्रेस नेतृत्व माथि जनताको अविश्वास हो, जुन दुःखद कुरा भएको उहाँले बताउनुभयो ।

आफू र आफ्नो तर्फबाट गठन गरिएको वार्ता समुहसँग कुनै वास्ता नगरी एकलौटी टिकट वितरण गरेमा हामीले दिने प्रहारको सामाना गर्न तनहुँ कांग्रेस पार्टीलाई जोशी चुनौती दिनुभयो । रामचन्द्र पौडेलको हाल भईरहेको तनहुँ भ्रमणलाई व्यङ्ग्य गर्दै जसले जिल्लामा एउटा योजना दिएको छैन, उसैले योजनाको निरीक्षण गर्ने ? भनेर व्याङ्ग्य गर्नुभयो ।

कार्यक्रम आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गीरबहादुर थापाले गोविन्दराज जोशीलाई ससम्मान पार्टीमा स्थान नदिई चुनावमा गएमा तीनै तहको चुनाव जित्न नसक्ने बताउनुभयो । कार्यक्रममा विपी विचार समाज तनहुँका सचिव हरिशरण पण्डितले समाजको विधानको निर्वाचन सम्बन्धि विषयबस्तुको जानकारी दिँदै नेता जोशीको चौथो चरणको जिल्ला भ्रमणको सन्र्दभमा १० वटै पालिकाको अधिवेशन सम्पन गरिने बताउनुभयो ।

कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले वीपीको विचारबाट पार्टी विचलित भएको छ पञ्चायतका पीडित र द्धन्द्धपीडित नेता तथा कार्यकर्तालाई पार्टीले उचित सम्मान गर्न नसकेको बताउनुभयो ।

कार्यक्रममा समाजको आँबुखैरेनी गाउँपालिकाका नव निर्वाचित सभापति प्रित्तम गुरुङको अध्यक्षमा भएको सो कार्यक्रममा समाजका जिल्ला सहसचिव सोलबहादुर चितौरे, सदस्य शुुकुमलाल गुरुङ, क्षेत्र नम्बर १ तनहुँ सभापति केशरबहादुर गुरुङ, आँबुखैरेनी गाउँपालिका वडा ६ का वडाध्यक्ष सुनाराम गुरुङ, २ का अध्यक्ष खडकबहादुर थापा, ५ का अध्यक्ष पञ्चबहादुर गुरुङ, स्थानीय नेताहरु शालिग्राम अधिकारी, भिष्मराज गौली लगायतले नेता जोशीले नै तनहुँ कांग्रेस एवं विकासको जग बसालेकोले उहाँलाई बाहिर तनहुँ हित नहुने हुँदा पार्टीले वार्ताको माध्यमबाट समस्याको समाधान गर्नु ध्यान दिनु पर्नेमा जोड दिुन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..