माग पूरा भए मात्रै एमसीसी पास गर्ने अध्यक्ष ओलीको अडान कायमै,दाहाल – नेपाल लचिलो

काठमाडौं । प्रतिनिधिसभाको अवरोध हटाउने र एमसिसी सम्झौता संसद्बाट अनुमोदन गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास अझै सफल हुन सकेको छैन ।

सत्ता गठबन्धनमा रहेका दलहरू नै एमसिसी अनुमोदन गर्न सकारात्मक नभएका बेला प्रमुख प्रतिपक्षी एमालेसमेतको साथ लिएर नेपाली कांग्रेस अघि बढ्ने कसरतमा जुटेको छ। त्यसका लागि एमालेका शीर्ष नेताहरूसँग निरन्तर छलफलमा जुटे पनि शुक्रबार साँझसम्म दुई दलबीच ठोस सहमति बनेको छैन ।

बिहीबार एमसिसी सम्झौताको विपक्षमा उभिने स्पष्ट संकेत गरेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने शुक्रबार आफ्नो अडानबाट केही लचिलो देखिएका छन्।

सत्ता गठबन्धन पनि नटुट्ने र एमसिसी सम्झौता पनि अनुमोदन हुनेगरी उनीहरूले प्रधानमन्त्री देउवालाई विभिन्न विकल्प सुझाएका छन् । तर प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरू प्रमुख प्रतिपक्षी एमालेको साथ खोज्न शुक्रबार साँझ पनि अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका थिए।

पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई साथ लिएर उनी ओली निवास पुगेका थिए । संसद्को जारी अवरोध हटाउन र एमसिसी सहमतिबाट अनुमोदन गर्न देउवाले एमालेसँग सहयोग मागेका छन् ।

एमाले अध्यक्ष ओलीले कांग्रेससहितका लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै अघि बढ्न आफ्नो दल तयार रहेको दोहोऱ्याएका छन् । तर त्यसका लागि सभामुख अग्निप्रसाद सापकोटालाई पदमुक्त गर्नुपर्ने र आफ्नो दलबाट बाहिरिएका १४ सांसदलाई कारबाही गर्नुपर्ने अडान दोहोऱ्याएको स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..