अमेरिकाले दागा धर्यो भने नेपालमा आर्थिक संकट आउछ : सुरेन्द्र पाण्डे

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौता नलिएर अमेरिकालाई रिसाउन लगाएमा देशमा आर्थिक जोखिम र संकट उत्पन्न हुने बताएका छन् ।

शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागमा आयोजित ‘नेपाली अर्थतन्तका नयाँ चुनौती र समाधानका उपायहरूको खोजी’ विषयक अन्तरक्रियामा एमसीसीको सम्बन्धमा अमेरिका रिसाएको खण्डमा नेपालमा आर्थिक जोखिम र संकट उत्पन्न हुने उपाध्यक्ष पाण्डेले बताएका हुन् ।

उपाध्यक्ष पाण्डेले नेपालले एमसीसी सम्झौता नेपालले अस्वीकार गर्दा केही नहुने तर, अमेरिका रिसाएको खण्डमा आर्थिक रुपमा जोखिम र संकट पैदा हुने उनले बताए । पाण्डेका अुनसार नेपालमा रेमिट्यान्स भित्रिने मुलुकहरूसँग अमेरिकाको निकट सम्बन्ध रहेकोले ती मुलुकहरुलाई अमेरिकाले सहयोग नगर भने समस्यामा फस्ने निश्चित छ ।

उपाध्यक्षपाण्डेले भने, ‘५५ अर्ब नलिने कुरासँग केही छैन । नलिए पनि केही भएको छैन । तिमिले लिएनौ मैले दिन्नँ मैले अन्यत्र पनि बाँडिदिन्छु भनेर सहज रुपमा उसले लिएर गयो भने प्रश्न भएन । त्यसले ठूलो नोक्सानी कही हुँदैन । तर यहाँ नेपाल जस्तो मुलुकले मेरो पैसा नलिने भनेर दागा धरो भने बुझ्नुस् हामी जोखिम र संकटतर्फ प्रवेश गर्‍यौं ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..