ब्राउन सुगर सहित २ जना पक्राउ


झापा । झापाको बिर्तामोडको दुई स्थानबाट लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा गाऊपालिका ४ का १९ बर्षीय अब्दुल अन्सारी र बिर्तामोड नगरपालिका ४ का १९ बर्षीय उतम बर्देवा रहेका छन् ।

हिजो बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय अनामनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ पश्चिम स्टेनबाट अब्दुल अन्सारीलाई ब्राउन सुगर ५ ग्राम र हिजै बेलुका साढे ४ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उतम बर्देवालाई घरैबाट ब्राउन सुगर ८०० मिलिग्राम सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय अनामनीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..