भन्सार छलीको कपडा बरामद

चितवन । चितवनको खैरेनी नगरपालिका वडा नम्बर–८ बाट प्रहरीले भन्सार छलीको कपडा र फलामको छड बरामद गरेको छ । वीरगञ्जबाट भित्रिएका ४ वटा ट्रक चेकजाँच गर्दा ८६ पोका भन्सार छलीको कपडा बरामद गरिएको चितवनका एसपी नवराज अधिकारीले बताए ।

फलामको छडभित्र सो कपडा लुकाएर ल्याएको अवस्थामा इलाका प्रहरी कार्यालय खैरेनीका इन्स्पेक्टर सुवास भट्ट नेतृत्वको टोलीले सो सामान बरामद गरेको थियो । ट्रकबाट १ करोड ४५ लाख मूल्यको कपडा र ८८ लाख मूल्य बराबरको फलामको छड प्रहरीले बरामद गरेको छ । फलामको छडको चाहिँ बीज बिजक भएको प्रहरीको भनाई छ ।


प्रहरीले ना ६ख ११३, ना ६ख ११६६, ना ६ख ५०६१ र ना ७ख ९२३४ नम्बरको ट्रक तथा सो ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । ट्रक र सामान सहित ३ करोड ४९ लाख मूल्याङ्कन गरेर वीरगञ्ज भन्सारमा पठाउन लागिएको एसपी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..