६ वर्ष कैद तोकिएका अभियुक्त पक्राउ

काठमाडौं । डाँका मुद्दामा ६ वर्ष कैद तोकिएका अभियुक्तलाई प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको छ ।

चितवनको खैरहनी नगरपालिका–३ घर भएका कमल श्रेष्ठलाई बिहिबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए ।


चितवन जिल्ला अदालतले उनलाई ६ वर्ष कैद र २ लाख ६४ हजार जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए । डाँका मुद्दाका फरार श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय खैरहनी चितवनमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..