ओलीलाई भेट्न प्रधानमन्त्री देउवा पुगे बालकोट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

शुक्रबार सत्ता गठबन्धनसँग छलफल गरेका प्रधानमन्त्री देउवा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) बारे पुनः छलफलका लागि बालकोट पुगेको बताइएको छ ।


प्रधानमन्त्री देउवासँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीलगायत अन्य कांग्रेस नेताहरु पनि सहभागी रहेका छन् ।

यसअघि पनि बालुवाटार पुगेर ओलीसँग छलफल गरेका प्रधानमन्त्री देउवा संसद्‍बाट एमसीसी पास गर्नका लागि सहयोग लिन आज पुनः बालकोट पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..