बदनाम कार्यालयमा बदनाम कर्मचारी नै प्रमुख

काठमाडौं । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा सरुवा भएका उपसचिव तुल्सीराम गैरेलाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी रजिष्टार कार्यालयको निमित्त रजिष्टारको जिम्मेवारी दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गैरेको सरुवा माघको दोस्रो साता जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा गरेको छ ।

तर उनी सरुवा भएको कार्यालयमा नगई कम्पनी रजिष्टार कार्यालयमै कार्यरत रहेका थिए । सामान्य प्रशासन मन्त्रालयले गतहप्ता कम्पनी रजिष्टार अधिकारीको सरुवा गरेपछि उद्योग मन्त्रालयले सरुवा भएका उपसचिव गैरेलाई निमित्तको जिम्मेवारी दिएको छ ।


सामान्य प्रशासन मन्त्रालयले पठाएको सरुवाको पत्र पनि उपसचिव गैरेले उद्योग मन्त्रालयका उच्चअधिकारीलाई प्रभावमा पारी लुकाउन लगाएका छन् । २० बर्षदेखि कम्पनी रजिष्टार कार्यालय र उद्योग मन्त्रालयमा कार्यरत रहेका गैरे पहिलो पटक त्रिपुरेश्वरबाहिर सरुवा गर्दा पनि विभिन्न शक्तिकेन्द्र मुख्यसचिव शंकरदास बैरागीसम्म प्रयोग गरी सरुवा रोकाउने दाउमा छन् ।

निजामती सेवा ऐन र नियममा कर्मचारीको सरुवा प्रत्येक २ बर्षमा हुने ब्यवस्था छ । तर उपसचिव गैरे २० बर्षदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनी रजिष्टार र उद्योग विभागमै कार्यरत छन् । उनले उद्योग बिभागबाट कम्पनी रजिष्टार र त्यहाँबाट उद्योग विभागमा सरुवा हुँदै जागिरको २० बर्ष ब्यतित गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अभिलेख हेर्ने हो भने उनी कम्पनीबाट उद्योग विभाग र त्यहाँबाट कम्पनी सरुवा भएको मात्र फेलापर्नेछ । जागिरमा प्रवेश गरेदेखि नै उनले वल्लो र पल्लो कार्यालयबाहेक उनले काठमाडौं बाहिर जानुपरेको छैन ।

हाल कम्पनी रजिष्टारको कार्यालयमा कार्यरत गैरै गुनासो सुन्ने अधिकारी हुन् । उनलाई माघको दोस्रो साता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति सिन्धुपाल्चोक सरुवा गरेको थियो । तर उनी जिसस सिन्धुपाल्चोकमा रमाना बुझेर जाने भन्दा पनि सरुवा रोकेर कम्पनी रजिष्टार कार्यालयमै थमौती हुने प्रयासमा छन् ।

२० बर्षमा पहिलो पटक काठमाडौं उपत्यका बाहिर सरुवा भएका उनी नजानका लागि सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीलाई प्रभावमा पार्न तल्लीन छन् । जबकि निजामती सेवा नियमावली अनुसार सरुवा भएको २१ दिनभित्र खटाएको कार्यालयमा हाजिर हुन जानुपर्छ । तर उनी एक महिना पुग्न लाग्दा पनि गएका छैनन् ।

निजामती सेवा ऐन नियम सबैका हकमा लागू हुनुपर्ने हो । तर गैरेजस्ता सधैं उद्योग र कम्पनीमा बसी अकूत सम्पत्ति आर्जन गर्नेको हकमा लागू गराउन सामान्यले खोज्दा यो पनि उनी बदर गराउन तल्लीन छन् ।कम्पनी रजिष्टार कार्यालयमा घुसविना कुनै पनि काम नहुने गरेको जनगुनासो ब्याप्त छ । गैरेजस्ता बर्षौदेखि जरा गाडेर बसेका रैथाने कर्मचारीका कारण कम्पनी रजिष्टार कार्यालय बदनाम छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..