सर्वोच्चको अन्तरिम आदेशले याक एण्ड यती होटल खुला


काठमाडौं। सर्वोच्च अदालतले होटल याक एण्ड यती बन्द गर्ने सरकारी निर्णयविरुद्ध अल्पाकालिन अन्तरिम आदेश जारी गरेको छ। न्यायधीश आनन्द मोहन भट्टराईको एकल इजलासले सोमबार अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो।सर्वोच्चले याक एण्ड यती र पर्यटन मन्त्रालयसहितका विपक्षीलाई छलफलका लागि बोलाएको छ।

सरकारले गत शुक्रबार रोक्का गरेको होटलको बैंक खाता पनि सर्वोच्चको यो आदेशसँग अब पुनः फुकुवा हुनेछ।
सरकारले रोयल्टी नतिरेको भन्दै सेवा बन्दका लागि गरेको निर्देशन रोक्न होटलले एक साताअघि सर्वोच्चमा रिट दायर गरेको थियो। होटलले क्यासिनोको स्वामित्व आफ्नो नरहेको जिकिर गर्दै होटल बन्द गर्न पर्यटन मन्त्रालयले गरेको निर्णय गैरकानुनी भएको दाबी गर्दै आएको छ।होटलका कानुनी सल्लाहकार रमन कर्णले होटल र क्यासिनो फरक फरक रहेको र निश्चित राजनीतिक उदेश्य राखेर होटल बन्द गराउन खोजेकोले सर्वोच्च गुहार्नु परेको बताए।

गैरकानुनी तवरबाट रोयल्टी कायम गरिएको भन्दै होटलले मुद्दा दायर गरेको थियो। होटलले २०४८ सालमा क्यासिनो संचालनको अनुमति पाएको थियो। यो अनुमति पाएपनि होटल आफैंले क्यासिनो संचालन गरेको थिएन।गील्ट इन्भेष्टमेन्ट प्रालिले होटल याक एण्ड यतीमा रोयल क्यासिनो चलाएको थियो। गील्टका संचालक सुरेन्द्रबहादुर सिंहले क्यासिनो संचालन गरेवापतको रोयल्टी सरकारलाई बुझाएनन्। रोयल्टी बुझाउन सरकारले पटक पटक गील्टका नाममा सूचना समेत जारी गरेको थियो। तर यो कम्पनीले रोयल्टी वापतको रकम नतिरि क्यासिनो संचालन गर्दै आएको थियो।


होटल याक एण्ड यतीको नामको इजाजत पत्र २०७१/११/०५ गते खारेज भए पनि गिल्टले स्टे अर्डर पाएर चलाएको थियो। त्यो स्टे अर्डरलाई नै आधार मानेर याक एण्ड यतीकै लाइसेन्स व्युँतीएको ठहर गर्दै विभागले यो बक्यौता तिर्न निर्देशन दिएको थियो। मन्त्रालयले वर्षौंसम्म गिल्टले बिना रोयल्टी क्यासिनो संचालन गर्दा छोडिदिने र अहिले होटललाई नै बन्द गर्न खोज्नु न्यायपूर्ण नभएको होटल व्यवस्थापनले जनाएको छ।


काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यती होटलले कारबाहीको निर्णय फिर्ता लिन सरकारसँग आग्रह गरेको थियो। क्यासिनो तथा होटल नवीकरण दस्तुरबापत ४२ करोड २५ लाख ६८ हजार रोयल्टी नतिरेको भन्दै पर्यटन विभागले उक्त होटलको क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तरको वर्गीकरण प्रमाणपत्र रद्द गरिदिएको थियो ।

होटल सङ्घ नेपाल (हान)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिड–१९ बाट सिर्जित परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको थियो ।
हानका अध्यक्ष सिर्जना राणा नेतृत्वको टोलीले पर्यटनमन्त्री आलेसँग पर्यटन क्षेत्रका समसामयिक विषयवस्तुबारे छलफल गरेको हानले विज्ञप्तिमार्फत जनाएको थियो ।

अध्यक्ष राणाले नेपालको पर्यटन उद्योगको प्रवद्र्धन, विकास तथा संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको हानको गतिविधिबारे अवगत गराउनुभएको थियो । कुनै पनि व्यक्ति वा संस्थाले कानुनले निर्धारण गरेको राजस्व, कर तथा शुल्क राज्यलाई बुझाउनुपर्ने कर्तव्यबाट विमुख हुन नहुने भन्दै उहाँले राज्यले तोकेको राजस्व तथा शुल्कको नियमसङ्गत हुने विषयमा समर्थन रहेको गराउनुभएको थियो ।


नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको पाँचतारे होटल याक एण्ड यतीको इजाजत खारेजीबारे ध्यानाकर्षण गराउँदै अध्यक्ष राणाले यसबाट श्रमिक, कर्मचारीको पारिश्रमिक तथा करारअन्तर्गत अग्रिम बुकिङ गरिएको सेवा–सुविधा उपलब्ध गराउन समस्या रहेको गराउनुभएको थियो ।

राज्यको कानुनसङ्गत नियम पालना गराउने मामलामा हानको सहयोग रहने तर होटलले राष्ट्रिय अर्थतन्त्र तथा रोजगारीमा पु¥याएको योगदानको कदर गर्दै होटलजस्तो ठूलो लगानी भएको प्रतिष्ठानले अर्थतन्त्रमा पु¥याएको योगदानको कदर हुनुपर्नेमा उहाँले जोड दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..