प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ


झापा । झापाको कचनकवल गाउँपालिका-५ स्थितबाट प्रतिबन्धित ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-२ का २८ बर्षीय सरोज भट्टराई र बिर्तामोड नगरपालिका-९ का २० बर्षीय विशाल बुढाथोकी रहेका छन ।

हिजो राती ७ बजेको समयमा इलाका प्रहरी कार्यालय बनियानी र प्रहरी चौकी पाठामारीबाट खटिएको संयुक्त गस्ती टोलीले संका लागि प्रदेश १-०१-०१३ प ७९७४ नम्वरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा निजहरुको साथबाट ब्राउन सुगर ५ ग्राम बरामद भएको हो ।

लागुऔषध सहित पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..