कोरोना भाइरसका कारण स्वास्थ्य क्षेत्रमा सुधार आयो : स्वस्थ्यमन्त्री खतिवडा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिड-१९ का कारण स्वास्थ्य क्षेत्रले बढी प्राथमिकता पाएको बताएका छन् ।

वीरगंजस्थित नारायणी अस्पताल परिसरमा निर्माण हुन गइरहेको ईमरजेन्सी भवन, कोभिड -१९ डेडिकेटेड भवनको शिलन्यास र क्याथ ल्याबको उदघाट्न कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

मन्त्री खतिवडाले विगतमा स्वास्थ्य क्षेत्रमा कुल बजेटकाे ५ प्रतिशत मात्र बजेट छुट्याउने गरेकोमा पछिल्लो समय ८ प्रतिशतभन्दा बढी बजेट विनियोजन भएकाले ठूलाठूला भौतिक संचरना, ल्याव तथा प्रतिष्ठानहरु निर्माण गर्न लागिएको बताए ।

उनले सरकारले स्वास्थ्य क्षेत्रलाई वडासम्म पुर्याउने उदेश्य लिएको बताए । विभिन्न प्रदेशमा अस्पताल तथा मेडिकल कलेजहरु संचालन गर्ने सरकारकाे उदेश्य भएकाे पनि उनले बताए ।

एमसीसीको सन्दर्भमा मन्त्री खतिवडाले संसदको निर्णय नै मान्ने बताए । आइतबार संसदमा छलफलका लागि एमसीसी पेस भएकोले बहुमतको निर्णयलाई स्विकारेर अघि बढ्ने उनको भनाइ थियो ।

साथै उनले खोप लगाउन छुटेकाहरुलाई खोप लगाउन तथा खोप लगाएको ५-६ महिना वितेकाहरुलाई ‘बुस्टर’ डोज लगाउन आग्रह गरे ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र बहादुर प्रधानले अस्पतालमा कर्मचारीको अभाव भएकोले सेवाग्राहीलाई सोचे जस्तो सेवा प्रदान गर्न नसकेको बताए ।

उनले संगठन र व्यवस्थापनको सर्वेक्षणको प्रतिवेदन मन्त्रालयमा पेश गरिसेकोले सो प्रतिवेदन स्विकृत गरी समस्याको समाधान गरी दिन स्वास्थ्य मन्त्री विरोध खतिवडालाई आग्रह गरे ।

अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभको सभापतित्वमा भएको कार्यक्रममा सांसद पुष्पा कर्ण, नेकपा समाजवादीका केन्द्रिय सचिव नागेन्द्र चौधरी, रामचन्द्र साहलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..