एमसीसीको विपक्षमा मतदान गर्ने नेकपा (एस) को निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आइतबार संसद्मा पेश भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनले भने, ‘हाम्रो पार्टीले संसदमा पेश भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

पार्टी विपक्षमा उभिने वातावरण समेत बनाउन लाग्नेछ ।’
एमसीसीकै कारण गठबन्धनको सम्बन्धमा भने भविष्यमा जे हुन्छ त्यहीँ निर्णय गरिने उनले बताए । उनले भने, ‘सरकारमा बस्ने र बाहिरिने कुरा समयले निर्धारण गर्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..