तीन वर्ष पुरानो कुकिजलाई पुनः
बटर चकलेट बनाएर बजारमा, उत्पादक कम्पनी सिल

काठमाडौं। म्याद नाघेका अखाद्य सामाग्रीलाई पुनः बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक कम्पनी सिल गरेको छ। महानगरीय अपराध महाशाखा र खाद्य तथा गुण नियन्त्रण विभागको टोलीले ललितपुर महानगरपालिका-२७ सुनकोठीस्थित त्रितारा फुड्स् एण्ड स्पाइसी प्याकेजिङ प्रालि सिल गरेको हो।

टोलीले सिन्धुपाल्चोकका नरबहादुर श्रेष्ठलाई पक्राउ पनि गरेको छ। खाद्य तथा गुणस्तर विभागबाट अनुमति नलिइ तीन वर्षदेखि म्याद नाघेको वस्तु बजारमा बिक्री गरेको अभियोगमा कम्पनी सिल गरिएको हो।


कम्पनीबारे खाद्य तथा गुण नियन्त्रण विभाग बबरमहलबाट थप अनुसन्धान भइरहेको जनाइएको छ। प्रारम्भिक अनुसन्धानबाट तीन वर्ष पुरानो म्याद नाघेका कुकिज पुनः बटर चकलेट, काजु कुकिज बनाइ बिक्री वितरण गरेको पाइएको छ।यस्तै, अत्यधिक सडेगलेका पाउरोटी सुकाएर पुनः कुकिज बनाइ बेचेको र म्याद नाघेका पाउरोटीलाई पुनः क्रन्चि र चिकेन रोष्ट बनाउन प्रयोगमा ल्याइएको भेटिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..