एमसीसीविरुद्ध उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले चलायो रबरको गोली


काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारीहरुमाथि प्रहरीले रबरको गोली चलाएको छ । आइतबार नयाँबानेश्वरको बिजुली बजार क्षेत्रमा आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले बाध्य भई रबरको गोली प्रहार गरेको हाे ।


आइतबार संसद् भवनभित्र सरकारले एमसीसी पेश गर्दै गर्दा बाहिर सडकमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडप भएपछि एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा फ्याँकेको थियो । संसद्मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेश गरेपछि प्रदर्शनकारीले आन्दोलन थप चर्काएका थिए । चर्किदै गएको आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली प्रहार गरेको हो ।


प्रदर्शनमा सत्तारुढ माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र नागरिकहरू सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..