एमसीसीलाई सदनले पारित गरे गलत नजिर बस्छ : नेता खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले एमसीसीलाई सदनले पारित गरे गलत नजिर बस्ने बताएका छन् ।


आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले करार सम्झौताहरुलाई दुनियाँको कुनैपनि संसदमा लगेर अनुमोदन गर्ने परम्परा नरहेको भन्दै एमसीसीलाई सदनले पारित गरे गलत नजिर बस्ने बताएका हुन् ।


उनले संविधान बिपरित एमसीसीलाई सदनमा पारित गर्न नहुने बताए । उनले एमसीसीका बहानामा नेपाललाई ट्रयापमा पर्ने काम गरिएको धारणा राखे ।


त्यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले आउँदो संसद् बैठकबाट एमसीसीबारे छलफल हुने बताए । उनले प्रक्रियाअनुसार परियोजना अनुमोदनका लागि अघि बढ्ने उल्लेख गरे ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसी अनुमोदन गर्ने पक्षमा आफूहरू नरहेको बताए ।

अहिले एमसीसी संसदमा टेबल भएको भएपनि पास गर्ने पक्षमा भने आफूहरू नरहेको उनको भनाइ छ । केही दलहरुको विरोधकाबीच आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..