पोखरामा भारी आसिना पानी


पोखरा । आइतबार दिउँसो पोखरामा भारी असिना पानी परेको छ । असिना पानीले पोखराको सडक अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चेकको भागमा असिनाले पूरै छोपेको थियो ।


गुडिरहेका बसहरू रोकिएका थिए्, बाटो हिँडिरहेका मान्छेहरू ओत बसेका थिए् । सडकमा व्यापार गरेर बसेका मानिसहरू बिचल्लीमा परे। बिहानैदेखि मौसम अध्यारो भए पनि यति धेरै असिना पानी आउने आँकलन नभएकाले पोखराका बजार क्षेत्रअवरुद्ध भएको हो ।


बाटोमा असिनाका थुप्रोले गर्दा यातायातका साधन चिप्लिने डर भएपछि प्रहरी र ट्राफिक प्रहरीले यातायातलाई व्यवस्थित गरी रोकिएको छ । अचानक परेको असिना पानीका कारण थुपै सवार बाटोमै रोकिएका थिए । त्यस क्षेत्रमा चार इन्चदेखि एक फुटसम्म असिना जमेको थियो । यसरी असिना परेको पहिलो पटक भएको स्थानीय थम्मन ठकुरीले बताए । असिना पानीले त्यस क्षेत्रका कृषकको तरकारी, आलु, फलफूल, तोरी, गहुँलगायत अन्नबालीमा क्षति पुगेको छ । असिना पानीले अवरुद्ध मानिसहरू बाटोमै अलपत्र परेका थिए ।


पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महानगरका विभिन्न क्षेत्रमा व्यापक असिना परेको जानकारी आएको बताए । उनले बेमौसमी तरकारी यसले ठूलो क्षति पुर्‍याएको बताए ।


आलु, रायोलगायतका तरकारी बाली लगाएको जमिनमा केको खेति थियो भन्ने नै नदेखिने गरी असिना थुप्रिएको देखिन्छ । असिनाका कारण चारपांग्रे सवारी साधनसमेत चल्न नसक्ने अवस्था आएको थियो ।पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पोखरालगायत देशका विभिन्न भूभागमा पानीसहित असिना परिरहेको मौसमविद्हरूले बताएका छन ।

अबका एक/दुई दिन देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..