सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसी टेबुल गर्नमा सहमति जुट्ने संभावना

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बिहान १० बजे बस्ने भएको छ । एमसीसीबारे निर्णय लिन बस्ने बैठकमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
यसअघि पनि सत्ता गठबन्धनको एमसीसी केन्द्रीत बैठक पटक पटक बस्दै आएको थियो । तर सहमति जुट्न सकेको थिएन । आजको बैठकमा भने सहमतिको अन्तिम प्रयास हुने बुझिएको छ । यसअघि सत्ता गठबन्धनका दलहरुले एमसीसीबारे आआफ्नो धारणा तय गरिसकेका छन् ।


सत्ता गठबन्धनको नेतृत्व गरिरहेको काँग्रेस जसरी पनि एमसीसी पारित गर्ने पक्षमा रहेको छ । गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र भने हालकै अवस्थामा एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने पक्षमा रहेको छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले भने एमसीसी संसदमा टेबुल हुन दिने तर पास हुन भने नदिने निर्णय गरेको छ ।

यसअघि उसले संसदमा टेबुल हुन नै नदिने रणनीतिमा थियो ।सत्ता गठबन्धनकै अर्को दल जनता समाजवादी पार्टी जसपाले आधिकारिक धारणा बनाउन सकेको छैन । जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई भने एमसीसी पास गर्ने पक्षमा उभिदै आएका छन् । यद्यपि अध्यक्ष उपेन्द्र यादवले भने एमसीसीबारे निर्णय गर्न सकिरहेका छैनन् ।

यसबीचमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेर एमसीसी पास गर्ने प्रयाससमेत गरेका छन् । उनी एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोटसमेत पुगेका थिए ।देउवाले ओलीलाई भेटेर एमसीसी पास गर्नमा सहयोग गर्न आग्रह गरेका थिए ।

सम्भवत आजको संसद बैठकमा एमसीसी टेबुल हुने संभावना रहेको छ । एमाले पनि एमसीसी संसदमा टटेबुल गर्ने पक्षमा रहेको छ ।उता सत्ता गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चा भने एमसीसीको बिरोध गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..