दाहाल र नेपालको ‘गाईजात्रा’ले संविधान र व्यवस्थाकै खिल्ली उडायो : थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको ‘गाईजात्रा’ संविधानर व्यवस्थाकै खिल्ली उडाएको टिप्पणी गर्नुभएको छ ।

एमसीसीको विरोधमा भइरहेको प्रदर्शन र आन्दोलनबारे उल्लेख गर्दै उहाँले दाहाल र नेपालले सरकारमा बसेर सरकारकै विरोधमा सडकमा प्रदर्शन गर्ने ‘गाईजात्रा’ले संविधान र व्यवस्थाकै खिल्ली उडाएको टिप्पणी गर्नुभयो ।दाहाल र नेपाललाई सडकमा ढुङ्गामुढा तथा टायर बाल्ने र सत्ताको मोह पनि नछाडेको भन्दै दोहोरो चरित्र बन्द गर्न उहाँले आग्रह गर्नुभएको छ ।

एमसीसीको विरोधमा एकीकृत समाजवादी र माओवादी केन्द्रका विद्यार्थी संगठन र युवा संगठनले सडकमा विरोध गरिरहँदा सोही पार्टीका शीर्ष नेताहरू भने सत्तामा छन् ।

अन्य दलका शीर्ष नेताले मात्र नभएर जनस्तरबाट पनि नेपाल र दाहालको दोहोरो चरित्रको चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..