राप्रपा नेपालबाट कमल थापालाई ‘निकाल्न’ उच्च अदालत पाटनमा निवेदन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका पदाधिकारीहरुले ‘राप्रपा नेपाल’ कमल थापाको नभएको भन्दै उच्च अदालत पाटनमा अन्तरिम आदेश माग गर्दै निवेदन दिएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले पार्टीका ९५ प्रतिशत केन्द्रीय पदाधिकारीलाई झुक्याएर राप्रपा नेपालका लाक्पा तामाङले कमल थापालाई पार्टी बेचेको आरोप लगाएका हुन् । यसका साथै, उनीहरुले यसबारे छानबिन गर्न निर्वाचन आयोगमा समेत जानकारी गराएको स्पष्ट पारेका छन् ।

यस्तै, राजसंस्था र हिन्दूराष्ट्र सखाप पार्नको लागि थापाले राप्रपा नेपाल कब्जा गर्न लागेको पनि उनीहरुको आरोप छ । पार्टीका उपाध्यक्ष तेजराज भुजेलले राप्रपा नेपाललाई माया गर्नेहरुको मन दुखेको भन्दै राजसंस्था बोकेर हिँडेको मान्छेलाई रातारात गणतन्त्रवादी बनाइकोमा दुःख व्यक्त गरे ।साथै, उनले लाक्पा तामाङको कदम आफूहरुलाई कुनैपनि हालतमा मान्य नहुने चेतावनी दिएका छन् ।

पार्टीका केन्द्रीय प्रवक्ता राजेश्वरदास श्रेष्ठले वस्त्र जस्तोसुकै भएपनि चरित्र कस्तो छ भन्ने कुरा महत्वपूर्ण रहेको भन्दै कमल थापालाई अध्यक्ष स्वीकार गर्नसक्ने अवस्था नरहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..