दुबई जान लागेको कलाकारको जम्बो टोलीलाई अध्यागमनले फर्कायो


काठमाडौं । सांगीतिक कार्यक्रमका लागि दुबई जान लागेको कलाकारको जम्बो टोलीलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काएको छ ।शुक्रबार काठमाडौंको अनामनगरस्थित प्रियसी म्युजिक प्रालिबाट सांस्कृतिक कार्यक्रमका लागि दुबई जान लागेको कलाकारको टोलीलाई विमानस्थलबाट फर्काइएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिए ।

दुबई जाने कलाकारको टोलीमा ३५ जना रहेको र उनीहरुमध्ये प्रालिका सञ्चालक लगायत केही व्यक्ति मात्रै गृह मन्त्रालयको परिपत्रअनुसार जान पाउने देखिएको उनले बताए । अन्य व्यक्तिहरुसँग भने गृह मन्त्रालयले तोकेको कागजपत्र र यूएईस्थित नेपाली राजदूतावासको ‘नो अब्जेक्सन लेटर’ नभएको पाइएपछि दुबई उड्नबाट रोकिएको हो ।

गृहमन्त्रालयको माघ ९ गतेको सूचना मार्फत् माघ १० गतेदेखि लागू हुने गरी विभिन्न मुलुकमा भिजिट भिसाको लागि जानेहरूलाई कडाइ गरिएको थियो । जस अनुसार कलाकारको टोलीमा पनि कलाकारका सञ्चालक लगायत केही व्यक्ति मात्रै जान पाउने व्यवस्था छ ।

तर उक्त व्यवस्था विपरीत ठूलो स‌ंख्यामा कलाकारहरू जाने तयारी गरेकाले मापदण्ड विपरीत जान लागेका कलाकारलाई फर्काइएको उपाध्यायले बताए । उनीहरु फ्लाइ दुबईको एफजेड–५७२ विमानबाट दुबई जान लागेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..