छोराको स्मृतिमा “उत्कृष्ठ प्रहरी पुरस्कार” पाँच लाख धनराशीको अक्षयकोष स्थापना


बिराटनगर । बिराटनगर महानगरपालिका वडा नम्वर ३ निवासी अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक बद्री बिक्रम थापा (गोदार) र वहाँकी धर्मपत्नी श्री बिमला थापा तथा छोरी श्री बेनिजा थापाद्वारा ५ लाख रुपैया बराबरको अक्षयकोष स्थापना गर्नु भएको छ । सवारी दुर्घटनामा परी दिवंगत हुनु भएका स्वर्गिय बिप्लव थापा (गोदार) को स्मृतिमा उहाँका परिवारजनले “ बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ प्रहरी पुरस्कार” कोषको स्थापना गर्नु भएको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा आज दाता परिवारले उक्त कोषको रकम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.लाई हस्तान्तरण गर्नु भएको छ । उक्त पुरस्कार १ नं. प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने प्रहरी जवान देखी वरिष्ठ प्रहरी नायव निरीक्षक दर्जा सम्मको १ (एक) जना प्रहरी कर्मचारीलाई प्रत्येक बर्ष नगद रु. २५०००।-(पच्चिस हजार) तथा प्रशंसा-पत्र द्वारा सम्मान प्रदान गरिने छ ।

यस्ता क्षेत्रमा आफ्नो घर परिवार नभनि अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले रु. ५ लाखको अक्षकोष स्थापना गरी २०७९ सालको असोज मसान्तमा मनाउने ६७ औं प्रहरी दिवसबाट “ बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ प्रहरी पुरस्कार”को सुरुवात गरिने गरी सम्झौता भएको कोषका संस्थापकले बताउनु भएको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..