बारा। चोरीको मोटरसाइकलसहित बारा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ बाट गत पुष २५ गते चोरी भएको मोटरसाइकलसहित तिनजनालाई प्रहरीले पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सोही पालिका वडा नम्बर २० बस्ने आकाश प्रसाद चौरसिया, निरज पासवान र सुनिल यादव रहेका छन् ।उनिहरुलाई प्रहरीले छातापिपरा चौकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेश थापाले जानकारी दिए ।
स्थानीय सफिक देवानको प्रदेश नम्बर २–०३–०१४ प. ४५८४ नम्बरको मोटरसाइकल खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय सिमराको टोलीले उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । पक्राउ परेकाहरुमाथि चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको डिएसपी थापाले बताए ।


