प्रहरीमा एआईजीको तीन दरबन्दी थप्ने निर्णय


काठमाडौं । नेपाल प्रहरीमा तीन वटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन वटा विशिष्ट श्रेणीको दरबन्दी थप गर्ने निर्णय भएको छ ।


थप भएको दरबन्दीमा बढुवाका लागि धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसी लगायत प्रतिष्पर्धी छन्। सिंह, धानुक र सुवेदीमध्ये जोसुकै एआईजीमा बढुवा भए भावी महानिरीक्षकको दाबेदार बन्नेछन् । उनीहरुको ब्याचका विश्वराज पोखरेल र सहकुलबहादुर थापा यसअघि नै एआईजी बनिसकेका छन् ।


हालका आईजीपी थापाले २०७९ वैशाख १९ मा ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउँदैछन् । उनको अवकाशपछि विश्वराज, सहकुल र अहिले एआईजीमा बढुवा हुने उनको टोलीका अधिकृतमध्येबाट एक जना प्रहरी महानिरीक्षक बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..