उदयपुरबाट ४ सय केजी गाँजासहित ३ जना पक्राउ

उदयपुर । उदयपुर प्रहरीले बेलका नगरपालिका–८ सिरुवानीबाट ठूलो परिमाणको गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा बेलका नगरपालिका ८ का २७ वर्षीय गोकुल राई वडा नं ७ का २९ वर्षीय मनोज राई र सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका १ का २३ वर्षीय मनिष धामी रहेका छन् ।


बरामद गाँजाको तौल ४ सय केजी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक सुवास चन्द्र बोहोराले जानकारी दिए । को १ ज २७६१ नम्बरको पिकअपमा निलो त्रिपालले छोपेर १६ बोरा गाँजा लिएर हिडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई फेला पारेको हो ।

प्रतिबन्धित गाँजा ओसारपसारमा संग्लन पिकअप चालक गोकुल राई स्वयम सवारी धनी रहेको बोहोराले बताए । प्रक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नगद ६३ हजार २५ रुपैयाका साथै सामसुङ्ग कम्पनीको १ थान, रेडमी कम्पनीको २ थान र नोकिया कम्पनीको १ थान गरी ४ थान मोवाईल समेत बरामद गरेको छ ।

गाडीसहित फेला परेका तीनै जना अभियुक्तविरुद्ध लागूऔषध ऐन २०३३ बमोजिम अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..