डा. तारानाथ शर्माको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ साहित्यकार तथा लेखक डा. तारानाथ शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

डा. शर्माको मंगलबार निधन भएको थियो । उनको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री देउवाले डा. शर्माप्रति श्रद्धाञ्जलीसहित शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

आधिकारिक फेसबुक पेजमा प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माको निधनको खबरले मलाई निकै दुःख लागेको छ । दिवंगत शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..