२२ किलो चाँदीसहित दुईजना पक्राउ


दैलेख । ढुङगेश्वर गाउँपालिका-१ स्याउली बजारबाट करिब २१ किलो ७२५ ग्राम चाँदीबाट बनेका विभिन्न किसिमका गरगहनासहित दुईजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली घर भई दाङ तुल्सीपुर उपमहानगरपालिका-१७ बस्ने डम्बरप्रसाद ढुंगाना र कैलाली टिकापुर नगरपालिका-९ घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ एरिचोक बस्ने २६ वर्षीय दिपक पाण्डे छन् ।


प्रहरीका अनुसार सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको भे१च ३२१३ नम्बरको बलेरो गाडीलाई जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको गरगहना फेला पारी गाडीमा सवार डम्बर र गाडीका चालक दिपकलाई पक्राउ गरिएको हो ।साथै उनीहरूको साथबाट १ लाख ६३ हजार ४ ८९ मूल्य बराबरका पोते, पत्थर र गहना राख्न प्रयोग हुने डिब्बालगायत सामानहरूसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..