आईपीएलमा छनोटमा परेनन् सन्दीप


काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने यस वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने सम्भावना कम भएको छ ।


शनिबार सुरु भएको १५ औं संस्करणको आईपीएलको मेगा अक्सनमा लेग स्पीनर सन्दीपलाई कुनै पनि टिमले लिएनन् ।यस पटक स्पीनरलाई कुनै पनि टिमले चासो देखाएका छैनन् । अफगानिस्तानका मोहम्मद नावी र मुजिव उर रहमान, दक्षिण अफ्रिकाका इमरान ताहिर, अष्ट्रेलियाका एडम जाम्पा र इंग्ल्याण्डका आदिल रासिदलाई पनि कुनै टोलीले बोली लगाएन ।


११ औं सेटमा रहेका सन्दीपले आफ्नो आधार मूल्य भारु ४० लाख राखेका थिए । तर कुनै टिमले पनि सन्दीपलाई लिएनन् । अब आइतबार कुनै फ्रेन्चाइजले शनिबार अनुबन्ध नभएका खेलाडीलाई विसलिस्टबाट अक्सनमा सामेल गराउन सक्नेछन् ।आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी रहेका सन्दीप यसअघि सन् २०१८ मा पहिलो पटक दिल्ली क्यापिटल्समा अनुबन्ध भई दुई सिजन खेले । तेस्रो सिजन भने उनले खेल्ने अवसर पाएनन् ।


दिल्लीबाट गत सिजनअघि रिलिज भएका उनलाई मिनी अक्सनमा कुनै टिमले पनि अनुबन्ध गरेको थिएन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..