करेन्ट लागी मृत्यु


ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ४ क्याम्पस लाईन का ४८ बर्षीय सुर्य प्रकाश लिम्बुको करेन्ट लागी मृत्यु भएको छ ।

हिजो दिउसो साँढे ११ बजे फुङलिङ नगरपालिका ५ बिरेन्द्र चौक स्थित टेक बहादुर श्रेष्ठको घरमा बिद्युत लाईन बिग्रिएको कारण लाईन बनाउन बिजुलीको पोलमा चढ्दा करेन्ट लागी पोलबाट भुईमा बझारिन गई घाईते भएका लिम्बुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा राती १२ बजे मृत्यु भएको हो ।

लिम्बु बिद्युत कार्यालय ताप्लेजुङका कर्मचारी रहेका छन् । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..