नेपाली काँग्रेसको प्रवक्तामा डा.महत नियुक्त


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. प्रकाशशरण महतलाई प्रवक्ता मनोनित गरेका छन् ।
कांग्रेसको विधान त प्रवक्ता मनोनित गर्ने सभापतिको अधिकार हो । तर महाधिवेशनमा प्रतिनिधिहरुले महामन्त्रीमा अस्वीकृत गरेका व्यक्तिलाई पार्टीको प्रवक्ता बनाउनु महाधिवेशनको म्याण्डेटको अपमान भएको नेताहरु बताउँछन् ।


मंसिरमा सम्पन्न १४ औं महाधिवेशनमा महत देउवाको प्यानलबाट महामन्त्री लडेका थिए । तर पराजित भए । डा. शेखर कोइराला समूहका गगनकुमार थापा र प्रकाशमान सिंहको प्यानलका विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित भए ।


महामन्त्रीमा पराजित महतलाई देउवाले सुरुमा केन्द्रीय सदस्य मनोनित गरेका थिए । सोमबार प्रवक्ताको जिम्मेवारी दिए । कांग्रेसमा प्रवक्तालाई अहिले पदाधिकारी मान्ने गरिएको छ र संसदीय बोर्ड लगायतका निर्णायक स्थानमा उपस्थिति हुन्छ ।त्यही कारण महतले आफूलाई प्रवक्ता बनाउन देउवामाथि चर्को दबाव दिएको देउवा निकटवर्तीहरु बताउँछन् । यद्यपि देउवाको टिममा रमेश लेखकलाई प्रवक्ता बनाउनुपर्ने लबिङ थियो ।

त्यही आश्वासन दिएर देउवाले लेखकलाई १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य मात्र उठाएका थिए ।तर, देउवा समूहमा आफ्नो छुट्टै गुट बनाएका डा. महत देउवाले झेल्न सकेनन् । स्रोतका अनुसार उनले आफ्नो समूहका नेताहरु बालकृष्ण खाँण, पूर्णबहादुर खड्का लगायतले आफूलाई महामन्त्रीमा हराएको गुनासो गर्ने गरेका छन् ।


सभापति भइसपेछि देउवाले गृहमन्त्री खाँणलाई सरकार र उपसभापति खड्कालाई पार्टीको जिम्मेवारी दिएका छन् । त्यही कारण डा. महतले आफू प्रवक्ता बनाउनुपर्ने अड्डी लिएपछि देउवाले हार्न नसकेको एक केन्द्रीय सदस्य बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..