सुकुम्बासीलाई जमिन दिने भन्दै ठग्ने चौधरी र भण्डारी पक्राउ


काठमाडौं । भूमि आयोगको मनिस हुँ भनी सुकुम्बासीलाई जग्गा दिलाइदिने भनेर ठगी गर्ने २ जना पक्राउ परेका छन् ।आइतबार काठमाडौंको वडा नम्बर १६ बसन्तनगर गुणस्तर तथा नापतौल विभागको पछाडि रहेको भेटघाट क्याफेमा सुकुम्बासीहरुलाई जग्गा बितरण गर्छौँ, फाराम भर्नुपर्छ भनी पैसा असुल गरिरहेको गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बालाजु काठमाडौबाट खटिएको प्रहरी टोलीले होमनारायण चौधरी र उद्धव भण्डारीलाई पक्राउ गरेको छ ।

भूमि आयोगले खटाएका ब्यक्ति भनी परिचय गराई काठमाडांैमा सुकुम्बासीले ४ आना जग्गा प्राप्त गर्न जनही रु. ५० हजारका दरले दिनुपर्ने भन्दै फाराम भर्न लगाइरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले ठगी कार्यमा प्रयोग गरिएका ल्यापटप, प्रिन्टर लगायतका सामग्री बरामद गरेको छ ।

भूमि आयोगको नाम लिएर सुकुम्बासी ठग्ने ३८ बर्षीय चौधरी झापा, भद्रपुर–३ घर भई हाल टोखा नगरपालिका बानियाँटार बस्दैआएका छन् भने भण्डारीको घर काठमाडौं बुढानीलकन्ठ नगरपालिका ४ हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..