प्रहरी भन्दै धम्की दिने युवक लागूऔषध र नक्कली हतियारसहित एसपी तिमिल्सिनाको नियन्त्रणमा

सिराहा । प्रहरी भन्दै सर्वसाधारणलाई धम्की दिने एक व्यक्तिलाई सिराहा प्रहरीले लागूऔषध र नक्कली हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका ४ मण्डिखाटार बस्ने ३२ वर्षीय अशिम गुरुङ छन् ।


जिल्ला सिराहाको सिराहा नगरपालिका वडा नम्बर -७ स्थित युवराज डिलक्सनको बस काउन्टरमा सर्वसाधारणलाई धम्काइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिराहाबाट प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाको कमान्डमा खटिएको प्रहरी टोलिले पक्राउ गरिएको छ ।

प्रहरीले गुरुङको साथबाट लागूऔषध नाइट्राभेट–१० लेखिएको ३९ थान, स्पामा प्राक्सिभोन प्लस २२ थान, नेपाल प्रहरीको नक्कली परिचय पत्र १ थान, नक्कली रिभल्वर १ थान, ड्राइगन चक्कु एक थान, असिम गुरुङ लेखिएको मेटल नेम प्लेट २ थान, चेकबुक, एटिएम कार्ड बरामद गरेको छ ।


पक्राउ परेका गुरुङलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट लागूऔषध मुद्दामा ५ दिनको म्याद लिएर थप अनुसन्धान भइहेको सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..