ओलीले भेटे राष्ट्रपतिलाई,काँग्रेस-एमाले मिलाएर एमसिसी पास गर्ने भूमिकाको चर्चा !

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न शनिबार शीतलनिवास पुगेका थिए ।


सरकाले स्थानीय निर्वाचनको मिति तोक्न नसकिरहेको अवस्थामा राष्ट्रपति भण्डारी र ओलीबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक परीस्थितीका बिषयमा कुराकानी भएको बताइएको छ । भेटमा स्थानीय तहको निर्वाचन र एमसीसीको बिषयमा पनि कुराकानी भएको बताइएको छ ।

राष्ट्रिपतिसहित एमाले र निर्वाचन आयोगको बैशाखमै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई दवाद दिइरहेको छ ।त्यस्तै पाँचदलीय गठबन्धनमा घाँडो बनेको एमसिसीको सम्बन्धमा एमाले र काँग्रेस मिलाएर पास गराउने सम्बन्धमा राष्ट्रपतिले भूमिका खेलिरहेको राजनीतिक वृतमा चर्चा चलिरहेको छ ।


एमसिसी पास गर्ने काँग्रेसको चाहना भएपनि गठबन्धनका मओवादी र नेकपा एकीकृत समाजवादीले भने अहिलेकै अवस्थामा हरहालतमा एमसिसी पास गर्न नहुने अडान राखिरहेको छ ।यसअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सात बुँदे लिखित नोट बुझाउँदै स्थानीय तहको चुनावको वैशाखमै गराउन दबाब दिएकी थिइन्।

उक्त नोटपछि राष्ट्रिपति भण्डारीको आलोचनासमेत भएको थियो ।चौतर्फी दवावपछि प्रधानमन्त्री देउवा जेठमै स्थानीय तहको निर्वाचन गर्न तयार भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..