लागूऔषधसहित दुई पक्राउ भट्टीमै पुगेर घरेलु मदिरा नष्ट

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट लागूऔषधसहित प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । बाराको सिम्रौनगढबाट काठमार्डौँ आउँदै गरेको ना ८ ख ७३२३ नम्बरको र राजबिराजबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ६४९७ नम्बरको बसमा जाँच गर्ने क्रममा यात्री बनेर आएका भारत बिहार राज्य मोतिहारी जिल्ला ग्राम हम्बरीया घर हुने २७ वर्षीय पवनकुमार दास र सप्तरीका मुकेश शाहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।


प्रहरीले दासको झोलाबाट डाइजेपाम, नोफिन र फेनारगन ३०० एम्पुल तथा शाहको झोलाबाट नाइट्राभेट ५९६ थान फेला पारेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । उनीहरुमाथि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान भइरहेको छ ।


घरेलु मदिरा उत्पादन गर्ने सात भट्टी नष्ट
यसैबीच आज साँझ जिल्ला काठमाडौँ तारकेश्वर नगरपालिका–९ मनमैजुस्थित पाखो बारीमा जस्तापाता÷बाँसले बेरेर बनाइएको टहरामा अवैधरूपमा घरेलु मदिरा उत्पादन गरिएको पाइएको छ । यसरी मदिरा उत्पादन गर्ने सातवटा भट्टी आज नष्ट गरिएको प्रहरीले जनाएको छ ।


आन्तरिक राजश्व कार्यालय बालाजुका प्रतिनिधि, तारकेश्वर नगरपालिकाका प्रतिनिधि तथा स्थानीयवासीको रोहबरमा भट्टी नष्ट गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । उत्पादन गर्ने व्यक्तिको खोजी जारी रहेको जनाइएको छ । प्रहरीले सात हजार लिटर तयारी घरेलु मदिरा र १५ हजार लिटर कच्चापदार्थ नष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..