अबैध कपडा सशस्त्र प्रहरीको नियन्त्रणमा

वीरगंज । सशस्त्र प्रहरी बल पर्साले बसमा लुकाई पिछाई लैजादै गरेको लाखौं मुल्य बराबरको अबैध कपडा र पेय पदार्थ बरामद गरेको छ । सशस्त्र प्रहरीको टोलीले बिहीबार एक बसमा लुकाई छिपाई राखिएको झण्डै ६ लाख मुल्य बराबरको कपडा र पेय पदार्थ बरामद गरेको हो ।

वीरगंजबाट बाहिर जान वीरगंजको बसपार्कस्थित रहेको प्रदेश नं. ३–०३–००१ ख ०११८ नम्बरको बसलाई चेकजाँच गर्दा बसको पछाडीको दुबै टायरमाथि साईडमा र यात्रु चढ्ने दायाँपट्टी फस्ल बटम बनाई लुकाई छिपाई अबैध तरिकाले चोरी निकासी गरि राखिएको कपडा र पेय पदार्थ रेडबुल बरामद भएको थियो ।

विशेष सूचनाको आधारमा उक्त बस खोज तलास गर्दा ५ लाख ८५ हजार ४ सय ६० रुपैया मूल्य बराबरको सटिङ्ग सुटिङ्गको कपडा र पेय पदार्थ रेडबुल बेवारिसे अवस्थामा बरामद भएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।

अबैध कपडा र पेय पदर्थसहित बसलाई पनि नियन्त्रणमा लिईएको छ । बसको अन्दाजी मूल्य साढे ११ लाख रहेके भन्सारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..