पत्रकार राईको निधनप्रति महासंघद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल पत्रकार महासङ्घले पत्रकार कमलराज राईको निधनप्रति दुःख व्यक्त गरेको छ । महासङ्घ, काठमाडौँ शाखाका कार्यसमिति सदस्य कमलराज राईको हृदयघातका कारण ४५ वर्षको उमेर बिहीबार दिउँसो निधन भएको थियो ।


हृदयाघात भएपछि उपचारका लागि तत्काल मित्रपार्कस्थित नेपाल–भारतमैत्री अस्पताल पुर्याएका पत्रकार राईको उपचारकै क्रममा सोही दिन ४ बजे निधन भएको थियो । लामो समयदेखि काठमाडौँमा रही सक्रिय पत्रकारिता गरिरहेका पत्रकार राई पछिल्लो समय प्रभाव दैनिकमा सम्पादकका रूपमा कार्यरत रहेका थिए ।

महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पत्रकार राईको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, मिहिनेती, जुझारु, निडर र ऊर्जाशील युवा पत्रकार गुमाएको छ भने महासङ्घले सक्रिय सदस्य गुमाएको छ । महासङ्घ स्व पत्रकार राईप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दछ ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..