आईटी कम्पनीहरुमाथि १८ करोड २७ लाख कर छलीको मुद्दा


काठमाडौं । राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा विभिन्न आईटी कम्पनीहरुविरुद्ध मुद्दा दायर गरेको छ । कर छल्ने आईटी कम्पनीहरुविरुद्ध विभागले सवा १८ करोड रुपैयाँको बिगो माग दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको हो ।

विभागका अनुसार ब्रिङ मिडिया डिष्ट्रब्यूसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, कम्पनीका व्यवस्थापक सुरेन्द क्षेत्री र अर्का व्यवस्थाक सुमन क्षेत्रीमाथि कर छलीको मुद्दा दर्ता भएको हो ।

अर्को कम्पनी स्टार इण्डिया प्रालि भारतको आधिकारिक बिक्रेता जुपिटर मिडिया प्रालिका प्रोप्राइटर अञ्जली अरोरविरुद्ध समेत विभागले मुद्दा दर्ता गरेको छ ।


विभागका अनुसार यी कम्पनी तथा फर्मले वस्तु तथा सेवा बेगरको करम विजक मात्र लिएको, आफूले व्यवसायिक रुपमा गरेका सम्झौता अनुसारको प्राप्त हुने व्यवसायिक आयलाई लुकाई/छिपाई वास्तविक कारोबारमा समावेश नगरेको कसुर देखिएको छ ।

व्यवसायिक कारोबारका लागि प्रालिका नाममा खोलिएको बैंक खातामा जम्मा भएको रकमलाई वास्तविक कारोबारमा समावेश नगरी देखाउने पर्ने वास्तविक कारोबार नदेखाएको र नपाउने खर्च समेत दावी गरी मूल्य अभिवृद्धि करतर्फ क्रेडिट दावी र आयकरतर्फ खर्च दावी गरी मूअक र आयकर दुवै छली गरेको अभियोग उनीहरुमाथि लागेको छ ।


विभागले उनीहरुमाथि मूल्य अभिवृद्धि करतर्फ ६ करोड ११ लाख ५५ हजार ५ सय १८ र १२ करोड १६ लाख २८ हजार २ सय ३७ रुपैयाँ आयकर गरी कुल १८ करोड २७ लाख ८३ हजार ७ सय ५२ विगो कायम गरी शतप्रतिशत जरिवाना र सजाय माग्दै मुद्दा दर्ता गरिएको हो । विभागले सजाय र विगो गरी ३६ करोड ५५ लाख ६७ हजार ५ सय ४ रुपैयाँ सजाय माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..