वीरगञ्ज भन्सारले रोक्यो १८६ कम्पनीको कारोबार


वीरगञ्ज। वीरगञ्ज भन्सार कार्यालयले बेरुजु रकम दाखिला नगर्ने १८६ फर्म तथा कम्पनीको कारोबार रोक्का गर्ने निर्णय गरेको छ ।


नेपाल टेलिकम, भ्याली कोल्डस्टोर, पतञ्जली आयुर्वेद, अर्किड इन्टरनेशनलसहितका कम्पनीको कारोबार रोक्का राख्ने निर्णय भएको भन्सार कार्यालयले जनाएको छ ।पटक-पटक ताकेता गर्दा पनि भन्सार कारोबारको दायित्व चुक्त्ता गर्न नआएपछि कारोबार रोक्काको निर्णय गरिएको वीरगञ्ज भन्सार प्रमुख हरिहर पौडेलले बताए ।

ती फर्मले कम्तीमा चार हजारदेखि बढीमा ४० लाखसम्म बेरुजु फर्स्यौट गर्न बाँकी रहेको उनको भनाइ छ । केही कम्पनीले आर्थिक वर्ष २०६०/६१ देखिको वक्यौता नतिरेको पाइएको भन्सार कार्यालयले जनाएको छ ।

यस्ता कम्पनीको कुल बक्यौता १७ करोडभन्दा बढी छ । कारोबार रोक्काको निर्णयपछि कम्पनीहरु बेरुजु तिर्न बाध्य हुने भन्सार कार्यालयलको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..