इन्जिनियरिङतर्फका २२ जना उपसचिवमा बढुवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले इन्जिनियरिङतर्फका २२ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ।बढुवा सिफारिस समितिको बिहीबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा सिभिल इन्जिनियरिङ समूहको जनरल उपसमूहका ९ जना र हाइवे उपसमूहका १३ जनालाई बढुवा सिफारिस गरेको हो ।


जनरल उपसमूहबाट विनोद शाक्य, लक्ष्मीप्रसाद भण्डारी, नवराज पौडेल, प्रेमनारायण बस्याल,दीपककुमार मिश्र, सागरराम नेपाल, हुतराज चौहान, राकेशराज मिश्र र ओमकुमार साह उपसचिवमा बढुवा सिफारिस भएका छन् ।


हाइवे उपसमूहबाट विष्णुवाबु पाण्डे, त्रिलोकनाथ घिमिरे, उज्जवल श्रेष्ठ, नरेन्द्रप्रसाद भट्ट, जगत प्रजापति, अरुणकुमार लाल कर्ण, रमेश चौधरी, आरती साह, गागलबहादुर भण्डारी, सजना अधिकारी, सविन जोशी, ध्रुवकुमार झा र राधिका प्रजापति श्रेष्ठ बढुवा सिफारिसमा परेका छन् ।

यसअघि लेखापरीक्षण, सामान्य प्रशासन, लेखा र राजस्वतर्फका शाखा अधिकृत उपसचिवमा बढुवा भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..