म्यानपावर कम्पनीको रेटिङ गरिने


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी) लाई विश्वसनीयताका आधारमा वर्गीकरण (रेटिङ) गर्ने तयारी गरेको छ ।

मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सुचक तथा कार्यविधि तयार गर्न सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।


कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा मेनपावर कम्पनीका प्रतिनिधि सदस्य छन् । कार्यदलले म्यानपावर कम्पनीलाई विभिन्न समूहमा वर्गीकरण गर्न मापदण्ड तथा सूचकहरु तयार गर्नेछ ।

वर्गीकरण गर्दा वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी) कुन राम्रो र कुन नराम्रो भनेर छुट्याउन सजिलो हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताउनुभयो ।

वैदेशिक रोजगारलाई ब्यवस्थित र मर्यादित बनाउँदै ठोस सुधारका लागि वर्गीकरण गर्न लागिएको मन्त्री श्रेष्ठले बताए । नेपालमा अहिले करिब ८ सय ६० वटा म्यानपावर कम्पनी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..