याक एण्ड यति र र्‍याडिसन होटेल
क्यासिनो रोयल्टी तथा नवीकरण शुल्क बुझाउन अल्टिमेटम

काठमाडौं । सरकारले पटक पटक क्यासिनो रोयल्टी तथा नवीकरण शुल्क बुझाउन भने पनि आनाकानी गरेपछि राजधानीका दुई पाँचतारे होटेललाई ७ दिने अल्टिमेटम दिएको छ ।राजधानीको दरबारमार्गस्थित रहेको याक एण्ड यति र लाजिम्पाटमा रहेको र्‍याडिसन होटेललाई ७ दिनभित्र बक्यौता रकम बुझाउन पर्यटन विभागले भनेको छ ।

दुवै होटेललाई विभागले प्रथम पटक बक्यौता रकम बुझाउन आर्थिक वर्ष २०७८/०७/०७ मा भने पनि दुवै होटेलले रकम नबुझाएको जारी सूचनामा भनिएको छ । त्यसपछि विभागले पुनः २०७८/०९/२७ मा दोस्रोपटक पन्ध्र दिने म्याद राखेर बक्यौता रकम तिर्न भने पनि हालसम्म नबुझाएपछि पुनः ७ दिने अल्टिमेटम दिइएको छ ।

विभागले जारी गरेको सूचनाअनुसार आर्थिक वर्ष २०७६/७७ मा दुवै होटेलले ३९ करोड ४४ लाख १५ हजार रुपैयाँ बक्यौता रकम बुझाउन बाँकी रहेको छ । याक एण्ड यतिले २० करोड ६८ लाख १५ हजार रुपैयाँ रहेको छ भने र्याडिसन होटेलले १८ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

यदि तोकिएको ७ दिने समय सीमाभित्र बक्यौता रकम नबुझाएमा नेपाल सरकारको २०७८/१०/१८ गते सचिवस्तरको बसेको बैठकको निर्णयअनुसार कारबाही गरिने भनिएको छ ।


दुई दुई पटकसम्म सूचना निकालेर पनि करोडौँ रुपैयाँ रोयल्टी नबुझाउने यी दुई होटेललाई सरकारले कारबाही गर्न सकेको छैन । यसले पनि के पुष्टि हुन्ट भने कानून ठूलालाई हैन सानालाई लाग्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..