नेपालमा संवैधानिक राजतन्त्र र हिन्दु राज्य कायम गरेरै छोड्ने पूर्वमन्त्री बस्नेतको दाबी

उदयपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री हरिबहादुर बस्नेतले संवैधानिक राजतन्त्र र हिन्दु राज्य बनाएरै छाड्ने दाबी गरेका छन् । कूल जनसंख्या मध्ये झण्डै ८० प्रतिशत हिन्दु धर्मप्रति आस्था राख्ने नागरिक भएको नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नु पर्नेमा जोड दिए ।गृह जिल्ला पुगेका पूर्वमन्त्री बस्नेतले होटेल वल्ड दरबारमा आयोजित संक्षिप्त पत्रकार भेटघाटका क्रममा उनले उक्त कुरा बताएका हुन् ।

उनले लोकतन्त्रमा आफ्ना एजेन्डा लिएर जनतामा माझ जान पाउने कि नपाउने भन्ने प्रश्न गरेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको मूल एजेन्डा भनेकै संवैधानिक राजतन्त्र र हिन्दु राज्य भएको उनको दाबी छ । ‘हामी हाम्रा एजेन्डा लिएर जनता सामु जानेछौं । त्यसपछि दुई तिहाइ मत ल्याएर यो देशलाई संवैधानिक राजतन्त्र र हिन्दुराज्य बनाउँछौं । हामीलाई किन निर्वाचन आयोगले तगारो हाल्न खोजेको ?,’ उनले प्रश्न गरे ।


बस्नेतले नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाउने र राजतन्त्र हटाउने काम नेपालीले नभएर युरोपेली युनियनले गरेको आरोप लगाए । एमसीसी पास नगर्दा मुलुकको अर्थतन्त्र ठप्प पार्ने धम्की दिनु युक्तिसंगत नभएको उनको धारण थियो । अहिले शासन गर्ने राजा नभएर संरक्षक वा आस्थाको रूपमा राखिने राजा राप्रपाले चाहेको बस्नेतको भनाइ छ ।

पूर्वमन्त्री बस्नेतले एक थरिले एमसीसी पास गर्दा र अर्को थरिले नगर्दा राष्ट्रवादी हुने भन्ने कुरो गर्नु नै काइते भएकाले जनताको काम गरेर राष्ट्रवादी हुनु पर्नेमा आफ्नो धारण राखे ।अरू पार्टीमा देखिएको सर्वसम्मत चयन प्रक्रियालाई व्यङ्ग्य गर्दै अहिले सबैभन्दा प्रजातान्त्रिक पार्टीको रूपमा राप्रपा देखिएको बस्नेतको दाबी छ ।

उनी आगामी सङ्घीय निर्वाचनमा उदयपुरको १ नम्बर क्षेत्रबाट राप्रपाको तर्फबाट उम्मेदवारी दिने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..