बारा। पछिल्लो समय नेपालमा राजस्व छलीका घटनाहरुमा व्यापक बढोत्तरी भएको छ । काठमाडौं प्रहरीले दक्षिणकाली नगरपालिका वडा नं.५ फर्पिङबाट बिल बिनाको करीब १३ किलो चाँदीका गहना सहित एक जनालाई पक्राउ गरेको छ ।
बारा जिल्लाको कलैयाबाट टाटा सुमो चढी काठमाडौंतर्फ आउँदै गरेका बारा जिल्लाकै सिम्रौनगढ नगरपालिका वडा नम्बर.८ कचोर्वाका रामाशंकर साह पक्रउ परेका हुन् ।कलैयाबाट चाँदी बोकी ना १ ज ७२०८ नम्बरको टाटा सुमो गाडीमा काठमाडौँ आउँदै गरेका साहलाई बिशेष सुचनाको आधारमा फर्पिङ चेकपोष्टमा तैनाथ प्रहरीले पक्राउ गरेको काठमाडौँ प्रहरीले जनाएको छ ।
साहको सरसमान चेक गर्दा बिल बिजक बिनाको त्यति मात्रामा चाँदी बरामद भएको प्रहरीले जनाएको हो ।पक्राउ परेका साहलाई नियन्त्रणमा लिई उक्त चाँदी के कस्तो हो र कहाँबाट लिएर कहाँ पुर्याउन लागेको हो भन्ने कुरा लगायत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


