बौद्धबाट अनलाइन जुवा खेलमा संलग्न ७४ जना पक्राउ


काठमाडौं । प्रहरीले काठमाडौं–६ बौद्धबाट अनलाइन जुवा खेलमा संलग्न ७४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले जुवा खेलिरहेका उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुभाष घिसिङले बौद्धस्थित प्लटिङमा सञ्चालन गरेको रेष्टुरेन्टमा जुवा चल्दै आएको थियो ।


कोरोना महामारीको अवस्थामा ठूलो संख्यामा मानिसहरु जम्मा भई अनलाइन बिंगो खेल भइरहेको सूचना आएपछि प्रहरीको टोली त्यहाँ छापा मारेको थियो । परिसरले खेलमा प्रयोग गरिने सामग्री (मोबाइल), कुपन र नगदसमेत बरामद गरेको छ ।

प्रवक्ता एसपी मैनालीले ६६ जना पुरुष र ८ जना महिलालाई पक्राउ गरिएको र उनीहरुको साथबाट ६ लाख १९ हजार रुपैयाँ बरामद गरिएको जानकारी दिए । घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त बौद्धले मुलुक अपराध संहिताअनुसार जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअन्तर्गत थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..