ठेकेदारविरुद्ध पक्राउ पूर्जी जारी गर्नु आपत्तिजनक : निर्माण व्यवसायी महासंघ

चितवन । चितवनमा गैँडा मरेको घटनामा सडक निर्माण गर्ने ठेकेदारविरुद्ध पक्राउ पूर्जी जारी गरेकामा निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ ।सडकको नाली लापरबाहीपूर्ण तरिकाले छाड्दा गैँडा मरेको भन्दै चितवन राष्ट्रिय निकुञ्जले इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्काविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि महासंघले आपत्ति जनाएको हो ।

गत माघ ९ गते भरतपुरको टिकौली जंगल छेउको प्रहरी विट अगाडि सडक विस्तारका लागि बनाइएको नालीमा फसेर एउटा गैँडा मरेको थियो ।


नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा प्राकृतिक घटनालाई तोडमोड गरी निर्माण व्यवसायीलाई लान्छना लगाइएको उल्लेख गरिएको छ ।

‘उक्त निर्माण क्षेत्रमा गैंडाको प्राकृतिक आवतजावतको क्रममा भएको दुःखद निधनको तथ्यलाई तोडमोड गरी निर्माण व्यवसायी उपर प्रचलित कानून विपरीत हुने गरी अनुसन्धानको नाममा पक्राउ पुर्जी जारी गर्ने, दुःख हैरानी दिने कार्यबाट विभिन्न बाधा अड्चनका बाबजुद भौतिक पूर्वाधार निर्माण कार्यमा अहोरात्र खटिएका व्यवसायीहरूको मनोबल गिराउने काम भएको महासंघको ठहर छ’ विज्ञप्तिमा भनिएको छ ।


निर्माण स्थलमा कङ्क्रिटको नाली बनाइसकेपछि पूर्णरूपमा सेट हुनका लागि प्राविधिक रुपमा केही दिन खुल्लै राख्नुपर्ने प्रावधान रहेकोले नाली नपुरिएको महास‌ंघले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..