गैँडा मृत्यु घटना : ठेकेदारलाई पक्राउ पुर्जी जारी

चितवन । चितवनमा निर्माणाधीन नालीको खोँचमा परेर गैँडाको मृत्यु भएको घटनामा चितवन राष्ट्रिय निकुञ्जले ठेकेदार कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

सडक विस्तारका क्रममा खनिएको नालीमा परेर गैँडाको मृत्यु भएपछि निकुञ्जले छानबिन समिति गठन गरेको थियो। लगत्तै अनुसन्धानका लागि इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ गरेर सोधपुक्ष गर्न भन्दै पक्राउ पुर्जी जारी भएको हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्जले अनुसन्धान गरिरहेको बताए। ‘हामीले अनुसन्धानका क्रममा बुझ्नुपर्ने मानिसलाई ल्याएर सोधपुक्ष लगायतका काम गर्छौं,’ उनले भने।

निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेर घटनाको अनुसन्धान गरिरहेको छ। गत आइतबार नालीको खोँचमा परेर गैँडा मरेको थियो। घटनालगत्तै वन तथा वातावरण मन्त्रालयले वन विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।

समितिमा मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, विभागका योजना अधिकृत दिलबहादुर उर्जापुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल सदस्य थिए।

उक्त समितिले पनि घटनाका बारेमा आवश्यक जानकारी लिइरहेको छ। चितवन राष्ट्रिय निकुञ्जमा वर्षेनी विभिन्न घटनामा परेर गैँडाको मृत्यु हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..