सिरहा । जिल्ला प्रहरी कार्यालय सिराहाले कोरोना भाइरस संक्रमण तीव्र फैलिन थालेपछि सतर्कता अपनाउँदै मास्क वितरण थालेको छ ।
उहाँहरुले बजार क्षेत्रमा मास्क नलगाएका बटुवा, व्यापारी, कामदार लगायतलाई मास्क वितरण गर्नुभएको एसपी तिमिल्सिनाले जानकारी दिनुभयो ।
मास्क नलगाएका व्यक्तिलाई कोरोना सङ्क्रमणबाट जोगिन र सङ्क्रमण रोकथामका लागि उपयुक्त तरिकाले नियमित मास्क लगाउन आग्रह उहाँहरुले गर्नुभयो । यसैगरी, स्वास्थ्य मापदण्डको पालना भए नभएको अनुगमन समेत गर्नुभएको छ । नेपाल सरकारले मास्क नलगाएर सार्वजनिक स्थानमा हिँड्डुल गर्नेलाई एक सय रुपियाँ जरिवाना गर्न सक्ने निर्णय गरेको छ ।
सिराहामा मास्क लगाउने अभियानलाई प्रभावकारी बनाउन सुरक्षा निकायले ‘तपाईको मास्क खोई ?’ अभियान सञ्चालन गर्दैआएको छ । सोही अभियान अन्तर्गत बजारक्षेत्रमा प्रहरी उपरीक्षकसहित प्रहरी टोलीद्वारा मास्क वितरण गरिएको हो ।


