सशस्त्र प्रहरीद्वारा लागू औषध गाजा बरामद

महोतरी। सशस्त्र प्रहरीले भारी मात्रामा लागू औषध गाजा बरामद गरेको छ । महोतरी जिल्लाको महोतरी गाउपालिका वडा नम्बर वडा नम्बर ४ रानिरतवडा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपालले भारी मात्रामा लागू औषध गाजा बरामद गरेको हो ।

बिहिवार साझ करीब ९ बजेको समयमा पराल भित्र लूकाइ छिपाइ राखेको अवस्थामा सशस्त्र प्रहरीले भारी मात्रामा लागू औषध गाजा बरामद गर्न सफल भएको छ । नेपालबाट भारततर्फ लग्ने उदेश्यले राखिएको लागू औषध गाजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

महोतरी गाउपालिका वडा नम्बर ४ निवासी लक्षमी चौधरीको छोरा गणेश चौधरीले लगाएको कुखुरा फर्मको पछाडी राखिएको पराल भित्रबाट १ सय ६० किलोग्राम लागू औषध गाजा बरामद गरिएको डिआइजी गणेश ठाडा मगरले जानकारी दिनुभयो ।


बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिनमस्ता बाहिनीबाट खटिएको सशस्त्र प्रहरीको टोलि र थप बोर्डर आउट पोस्ट जलेश्वर बेशबाट खटिएको टोलिले लागू औषध गाजा बरामद गर्न सफल भएको डिआइजी मगरले बताउनु भयो ।

उहाले बरामद गरिएको लागू औषध गाजा अवाश्यक कारवाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..