रौतहट । रौतहटमा मंगलवार राती गाई तथा गोरु तस्करी गरी भारत तर्फ लैजादै गरेको क्रममा नेपाल प्रहरीले पक्राउ गरेको हो।राजपुर नगरपालिका अन्तर्गतको बैरिया लालबकैया बांध हुदै मंगलवार राती करिब ११. ३० बजेको समयमा प्रहरी चौकी औरैयाका प्रहरी सहायक निरिक्षक दिपेन्द्र साहको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले भारत तर्फ लादै गरेको दुईवटा गाई र दुई गोरु सहित एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा इसनाथ नगरपालिकाका लक्ष्मण साह नुनिया रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो। पक्राउ परेका चौपाया सहित मानिस आवश्यक कारबाहीका लागि गौर भंन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।


