१ अर्ब २४ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे र उपमहानिर्देशक जयराज घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । खनिज पदार्थ उत्खननमा अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार खानी सञ्चालकसँग मिलेर तोकिएको परिमाणभन्दा बढी चुनढुंगा उत्खननमा संलग्न भएको आरोप उनीहरुमाथि छ ।

अख्तियारले उनीहरुसहित विभिन्न ९ वटा कम्पनीका सञ्चालकविरुद्ध १ अर्ब २४ करोडभन्दा बढी रकम विगो मागदाबी गरेको छ । यसअघि खानी तथा भूगर्भ विभागले अवैध रुपमा चुनढुंगा निकाल्ने नौ वटा उद्योगलाई जरिवाना गरेको थियो । विभागले ती उद्योगलाई १–१ लाख रुपैयाँ जरिवाना गरेको हो । तर, ती उद्योगहरुले करिब एक अर्ब २६ करोड रुपैयाँबराबरको चुनढुंगा अवैध रुपमा निकालेको विभागले गठन गरेको छानबिन समितिको अनुसन्धानमा देखिएको थियो ।

समितिले सोही रकमबराबर जरिवाना गर्न सुझाव दिए पनि महानिर्देशक घिमिरेले उपमहानिर्देशक जयराज घिमिरेको नेतृत्वमा अर्को छानबिन समिति गठन गरेका थिए । उक्त समितिले पहिलेको छानबिन समितिको सुझावलाई लत्याउँदै १–१ लाख जरिवाना गर्ने निर्णय गरेको थियो । जरिवाना हुने कम्पनीहरुमा ललितपुरस्थित युनाइटेड सिमेन्ट, मारुती सिमेन्ट, उदयपुरस्थित उदयपुर मिनरल्स, धादिङको अन्नपूर्ण क्वारिज र रोल्पाको सोनापुर आयल एन्ड मिनरल्स छन् ।

यस्तै, पाल्पास्थित सर्वाेत्तम सिमेन्ट, कञ्चन क्वारेज, डोलामोइट चुनढुंगा प्रालि र सिद्धार्थ सिमेन्ट छन् । यी उद्योगहरुले तोकिएको भन्दा बढी चुनढुंगा उत्खनन गरेको पाइएपछि जरिवाना गराइएको विभागले जनाएको थियो । विभागले उद्योग मन्त्रालयबाट स्वीकृति नपाएपछि कानुनअनुसार १–१ लाख रुपैयाँ जरिवाना गरेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..